Ekhab4r
अर्थमन्त्री पौडेल बैंककमा, क्षेत्रीय परामर्शमा गरे अध्यक्षता

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री  विष्णुप्रसाद पौडेलले २०२४ डिसेम्बर १७ र १८ मा बैंककस्थित संयुक्त राष्ट्र संघको सम्मेलन केन्द्रमा आयोजना हुने एसिया र प्रशान्त क्षेत्रको विकासका लागि वित्त पोषणसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्शको अध्यक्षता गरेका छन् ।

सोही क्रममा पौडेलले दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न एजेन्डा कार्यान्वयनमा भएको महत्त्वपूर्ण प्रगतिको बारेमा प्रकाश पारेका छन् । उनले विकासोन्मुख र अतिकम विकसित मुलुकले अहिले सामना गरिरहेको बजेट योजना, स्रोत विनियोजनमा दक्षता, प्रभावकारी आयोजना कार्यान्वयनका लागि क्षमता अभिवृद्धि र दिगो खर्च व्यवस्थापन प्रमुख चुनौती रहेको उल्लेख गरे । 

यस्तै, उनले विकासोन्मुख र अतिकम विकसित मुलुकले आफ्नो राजस्व परिचालन क्षमतामा सुधार ल्याउन विशिष्ट र स्पष्ट आन्तरिक राजस्व परिचालन नीति तर्जुमा गरी त्यसको प्रभावकारी कार्यान्वयनको महत्त्वमा जोड दिएका छन् । 


 

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update