काठमाडौं । सार्वजनिक–निजी साझेदारी –पीपीपी) फ्रेमवर्क अन्तर्गत प्रसारण लाइन विकासको लागि राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र निजी क्षेत्रबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
मंगलबार उर्जा मन्त्रालयमा एक कार्यक्रमका बीच विद्युत प्रसारण लाइनमा निजी क्षेत्रको प्रतिनिधित्व गर्नेबारे समझदारी पत्रमा हस्ताक्षर भएको हो । सोही क्रममा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नीजि क्षेत्रको सहभागिता बिना कुनैपनि क्षेत्रको विकास सम्भव नभएको भन्दै नीजि क्षेत्रलाई सँगै लिएर जानुपर्ने बताए । उनले भने, ‘सरकारले पटक पटक भन्ने गरेको छ । नीजि क्षेत्रको सहभागिता बिना कुनैपनि क्षेत्रको विकास सम्भव छैन् । त्यसमा पनि उर्जा क्षेत्रको विकास अझै सम्भव छैन् । सरकार एक्लैले गर्न सक्दैन्, नीजि क्षेत्रका साथीहरु पनि सहभागि हुनुपर्छ र भइरहेका पनि छन् । हामीले भनेको कुरा पनि यही हो । नीजि क्षेत्रलाई सहयोग गरेर हाम्रा आवश्यकताहरु परिपूर्ती गर्नुपर्छ भन्ने सरकारको सोच र विचार हो ।’
यस्तै, उनले आजको दिनले नीजि क्षेत्रलाई उत्साहित गर्ने मात्र होइन, खर्च कटौती, लक्ष्य प्राप्तीलाई पनि ठूलो योगदान पुर्याउने पनि बताए । उनले भने, ‘प्रसारण लाइन प्रवद्र्धनका लागि यो ऐतिहासिक क्षण नै हो । आजको दिनले नीजि क्षेत्रलाई उत्साहित गर्ने मात्र होइन हाम्रो खर्च कटौती, लक्ष्य प्राप्तीलाई पनि ठूलो योगदान पुर्याउने छ । त्यसकारण पनि आजको दिन एम्ओयु साइन मात्र होइन अब सम्झौता गरेर नै ऋण प्रवाह गरेर छिटो छरितो काम गर्नुपर्ने आवश्यकता छ ।’ सोही कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङ, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका उर्जा सचिव सुरेश आचार्य, उर्जा मन्त्रालयका उर्जा विज्ञ सल्लाहकार प्रवल अधिकारीलगायत अन्यको सहभागिता रहेको थियो ।