काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पूर्वपश्चिम राजमार्ग क्षेत्रमा पार्टी निर्माणमा जोड दिने भएको छ ।
पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राजमार्ग क्षेत्रमा संगठन निर्माणका लागि विशेष ध्यान दिने निर्णय गरेको र प्रदेश समिति र जिल्ला समितिलाई उक्त निर्णय कार्यान्वयनका लागि परिपत्र जारी गरिएको बताएका छन् ।‘पार्टीले जिम्मेवारीमा खटाएका केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय अभियन्ताहरुलाई माघ मसान्तसम्म जारी रहने पार्टीको संगठन निर्माण अभियानको अवधीभर आ आफ्नो कार्यक्षेत्रमा सक्रियाता पूर्वक लाग्न पार्टीद्वारा सर्कुलर जारी गरिएको छ,’ बस्नेतले भने ।पालिका समितिमा खटाइएका केन्द्रीय अभियन्ताहरुलाई प्रदेश र स्थानीय तहका पार्टी समितिसँग समन्वय गरी कार्य गर्न भनिएको उनले बताए ।