काठमाडौं । कानुन मन्त्री अजय कुमार चौरसियाले ईतिहासको मुल्यांकंन गर्दा नेपालको न्यायपालिका कार्यक्षमताको हिसाबले विश्वकै उच्च स्थानमा रहेको बताएका छन् । बुधबार काठमाडौंमा न्याय परिषद्को ३४औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले, प्रत्येक राजनीतिक उतारचढावमा बिचलित नभई गरेको उत्कृष्ठ पैmसलाहरुको ईतिहासलाई हेर्दा नेपालको न्यायपालिका उच्च स्थानमा रहेको बताएका हुन् । उनले भने, ‘सम्माननिय अदालतले प्रत्येक राजनीतिक उतारचढावमा अलिकति पनि बिचलित नभईकन प्रत्येक अवस्थामा समानजनक उत्कृष्ठ पैmसलाहरु गरेको यो ईतिहास नेपालको न्यायपालिका विश्वकै कार्यक्षमताको हिसाबले जसले मुल्याङ्कन गर्दा पनि उच्च मुल्याङ्कन गर्ने अवस्था छ । ’
उनले देश आफैं अप्ठ्यारो अवस्थाबाट गज्रिरहेको अवस्थामा सरकारले न्याय सेवामा बजेट पर्याप्त दिन नसेकेको गुनासो गरे । देशको ओरालो लागेको अर्थतन्त्रलाई सुधार गर्ने,देशमा भ्रष्टाचार अन्त्य गरी कसरी सुशासनमा परिणत गर्ने भन्ने कुरामा न्यायलयको निर्देशनले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । यस्तै सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपरिषद्लाई जतिसक्दो गतिशिल र जिम्मेवार बनाउन सकिन्छ त्यति नै विकृति र विसङ्गती गतिविधिमा नियन्त्रण गर्न सकिने धारणा राखे । उनले भने,‘न्यायपरिषद्लाई जतिसक्दो गतिशिल र जिम्मेवार बनाउन सकिन्छ । त्यति नै विकृति र विसङ्गती गतिविधिमा नियन्त्रण गर्न सकिन्छ । न्यायपरिषद्ले सम्पादन गर्ने कुनै पनि काम कारबाही पारदर्शी हुनुपर्ने हुन्छ ।’ न्यायाधिसको नियुक्ति सरुवा अनुसाशन सम्बन्धि कारबाही लगायतका विषयमा सिफारिस गर्ने निकायको रुपमा परिषदीय प्रणाली अवलम्बनगरी न्यायपालिका,सरकार र यसको सरोकारवाला निकायहरुको अभिमत व्यक्त गर्ने सामुहिक थलोको रुपमा परिषद्लाई आत्मसाथ गरिएको उनको भनाई छ । उनले भने,‘न्यायाधिसको नियुक्ति सरुवा अनुसाशन सम्बन्धि कारबाही लगायतका विषयमा सिफारिस गर्ने निकायको रुपमा परिषदीय प्रणाली अवलम्बनगरी न्यायपालिका,सरकार एवम् यसको सरोकारवाला निकायहरुको अभिमत व्यक्त गर्ने सामुहिक थलोको रुपमा सम्बन्धित न्याय परिषद्लाई आत्मसाथ गरिएको छ ।’