Ekhab4r
रेडियो नेपाल क्रान्तिको आवाज भएकाले प्रश्न उठ्न सक्ने ठाउँ नै छैन् -अध्यक्ष विष्ट

काठमाडौं ।  सार्वजनिक सेवा प्रसारण संस्थाका सञ्चालक समितिका नवनियुक्त  अध्यक्ष डा. महेन्द्र विष्टले कर्मचारीसँग परिचयात्मक कार्यक्रम गरेका छन् । बुधबार एक विशेष समारोहकाबीच उनले कर्मचारीसँग परिचयात्मक सम्बोधन कार्यक्रम गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै उनले मिडिया इन्डष्ट्रि धेरै कमजोर अवस्थामा रहेको भन्दै  हरेक पुग्नुपर्ने क्षेत्रमा रिपोर्टर  पुग्नै  छोड्दा मिडिया क्षेत्र ध्वस्त हुँदै गएको बताएका  हुन् ।
उनले भने ,‘हामी सिरियसली भएर काम गरौं । अहिले मिडिया इन्डष्ट्रि एकदमै कमजोर भएको छ । ध्वस्त भएर गैइसक्यो । हामी सोचौं एकछिन हरेक पुग्नुपर्ने क्षेत्रमा रिपोर्टर पुग्नै  छोड्दा मिडिया क्षेत्र ध्वस्त हुँदै गैइरहेको छ । मान्छे बजारमै जाँदैनन् ।’

साथै उनले  रेडियो नेपालको ठूलो इतिहास भएको बताए । उनले नेपाल टेलिभिजनको इतिहासमा प्रश्नहरु उठे पनि रेडियो  नेपाल क्रान्तिको आवाज भएकाले प्रश्न उठ्नै नसक्ने ठाउँ भएको बताए ।उनले भने, ‘हामीहरुसँग जे उपाय हुन्छ त्यो सबैले प्रयोग गरौं ।  र सबैको आइडिया मिसाएर  हामी मिडियाको लागि धेरै राम्रो काम गर्न सक्छौं । आफ्नो जे जे संमयन्त्रहरु छन् त्यसलाई प्रयोग गर्नुपर्छ अब रेडियो  नेपाल र  नेपाल टेलिभिजनको लागि । रेडियो नेपालको ठूलो इतिहास छ । नेपाल टेलिभिजनको इतिहासमा  बरु प्रश्नहरु उठ्न सक्ला, यसलाई चाँही महाराज धितराजको प्रसारण गर्न पाएको भनेर प्रश्न उठ्लान तर  रेडियो नेपाल क्रान्तिको आवाज भएकाले प्रश्न उठ्नै नसक्ने ठाउँ छ ।’

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update