Ekhab4r
योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज पुस ८ गतेदेखि

काठमाडौं । नेपाल व्याडमिन्टन संघले ‘योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज–२०२४’ र योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेशनल सिरिज–२०२४ सन्चालन गर्ने भएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै संघले ‘योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज–२०२४’  पुस ८ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने जनाएको हो ।यस्तै योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेशनल सिरिज–२०२४ पुस १२ देखि १४ गतेसम्म सञ्चालन हुनेछ । विश्व ब्याडमिन्टन महासंघ व्याडमिन्टन एशियाको स्विकृतीमा तथा नेपाल व्याडमिन्टन संघको आयोजनामा यो च्यालेन्ज काठमाडौं स्थित त्रिपुरेश्वर कभर्डहलमा सन्चालन गरिनेछ ।पुस ८ गतेदेखि ११ गतेसम्म सन्चालन हुने प्रतियोगितामा विश्वका ५ महादेशका २२ वटा देशहरूको सहभागिता रहनेछ । जसमा भारत, अमेरिका, थाईलाण्ड, सिंगापुर, श्रीलंका, बंगलादेश, भियतनाम, क्यानाडा, मलेशिया, इण्डोनेशिया, इरान, ईटाली, युनाइटेड अरब इमिरेटस, जाम्बिया, युगाण्डा, इंड ल्याण्ड, न्युजिल्याण्ड, म्यानमार, अष्ट्रेलिया, युक्रेन, जापान र नेपालका खेलाडीहरुको सहभागिता रहनेछ ।

प्रतियोगितामा ५ वटा इभेन्ट खेलाईनेछ जसमा पुरुष एकल, महिला एकल, पुरुष डबल, महिला डबल, मिश्रित डबल हुनेछ ।यस प्रतियोगिताको कुल पुरस्कार राशी अमेरिकी डलर १५००० पन्द्र हजार रहेकोछ । जस्मा विजेता खेलाडीहरुलाई निम्न अनुसारको नगद पुरस्कार अमेरिकी डलरमा वितरण गरिनेछ ।यस्तै योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेशनल सिरिजमा पनि विश्वका ११ वटा देशहरुको सहभागिता रहने छ । जसमा भारत, न्युजिल्याण्ड, मलेशिया, थाईल्याण्ड, ईरान, युनाईटेड अरब ईमिरेटस् र नेपालका खेलाडीहरुको सहभागिता रहनेछ ।प्रतियोगितामा ५ वटा इभेन्ट खेलाइनेछ जसमा पुरुष एकल, महिला एकल, पुरुष डबल, महिला डबल, मिश्रित डबल हुनेछ ।

यस प्रतियोगिताको मुख्य प्रायोजक योनेक्स सनराइज कम्पनी, सिंगापुर रहेको छ । जस्ले उक्त प्रतियोगिताको लागी अमेरिकी डलर १५ हजार सहभागी नेपाली खेलाडीहरुलाई खेल पोशाक र व्याडमिन्टन कोट म्याट ४ सेट उपलब्ध गराउनेछ ।दुबै प्रतियोगिताको आयोजनामा करिब १ करोड १६ लाख रुपैयाँ खर्च हुने अनुमान छ । खर्चको लागी नेपाल व्याडमिन्टन संघले राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद विकास परिषद तथा विभिन्न कम्पनीहरुबाट विज्ञापन प्रायोजकहरु, सहयोगी संघ संस्थाहरुबाट सहयोग लिई उक्त प्रतियोगिता संन्चालन गर्न लागेको हो ।


 

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update