काठमाडौं । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले आज(आइतबार) स्थापना दिवस मनाएको छ ।
नेपाल बार एशोसिएशनले आइतबार ६९ औं बार दिवस मनाएको हो ।‘जनताले न्याय पाउनुपर्छ’भन्ने विषयमा नेपाल बार एसोसिएसन केन्द्रित रहेको एसोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले बताए । ‘नेपाल बार एसोसिएसनले निरंकुश व्यवस्थाका लागि लड्यो । अन्य थुप्रै न्यायिक सुधारका मुद्दाहरुमा बार एसोसिएसन लडिरहेको छ । बार एसोसिएसन अहिले पनि त्यहीँ अभियानमा छ,’ अध्यक्ष घिमिरेले भने, ‘हामी मुलुकका बेथितिका विषयमा बोल्छौं । विशेषगरी जनताले न्याय प्राप्त गर्नुपर्छ भन्ने विषयमा हाम्रो फोकस रहनेछ ।’
अध्यक्ष घिमिरेले सबै मिलेर न्यायिक सुधार गर्न सकिने पनि बताए । उनले भने, ‘हामी सबै मिलेर न्यायिक सुधार गर्न सक्छौं । एक्लै कसैको पनि सामथ्र्य छैन ।’
२०१२ साल पुस ७ गते स्थापना भएको नेपाल बार एसोसिएसनले वकिलहरूको हकहित संरक्षण, कानूनी पेशाको स्तरोन्नति, र नागरिकहरूको न्यायमा पहुँच सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।