Ekhab4r
लामिछानेविरुद्धको अभियोग जिल्ला अदालत कास्की पेश 

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको अभियोग जिल्ला अदालत कास्की पेश भएको छ ।

आइतबार सहकारी प्रकरणमा पक्राउ परेका सभापति लामिछानेसहित ३१ जनाविरुद्धको सरकारी वकिल कार्यालय कास्कीले प्रमाणपत्र र मिसिलसहितको अभियोग अदालतमा पेश गरेको हो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने गत कात्तिक २ गतेयता कास्की प्रहरीको हिरासतमा छन् । उनीमाथि प्रहरीले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा आठपटक म्याद थपेर अनुसन्धान गरेको थियो । सोही अनुसन्धान प्रहरीले जिल्ला सरकारी वकिललाई बुझाएपछि अध्ययन गरेर मुद्दा दर्ताका लागि अदालत लगिएको हो ।रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङविरुद्ध पनि मुद्दा दर्ता गरिँदै छ ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update