काठमाडौं । पर्यटकमाझ लोकप्रिय ब्राजिलको ग्रामाडो शहरको एक बस्तीमा प्लेन दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु भएको छ भने एक दर्जन भन्दा बढी घाइते भएका छन् ।
सुरक्षा अधिकारीहरुका अनुसार दुर्घटना भएको प्लेन रहेका निजी रहेकाे खुलेकाे छ । सुरुमा एउटा घरको चिम्नीमा प्लेन ठोक्किएको थियो । त्यसपछि अर्को दुईतले घरमा ठोक्किएर मोबाइलको पसलमाथि प्लेन खसेको थियो । प्लेन खसेपछि आगो लागेको थियो ।प्लेन दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् । स्थानीय मिडियाहरुका अनुसार दुर्घटनामा मृत्यु हुनेमा एकै परिवारका चार जना सदस्यसमेत छन् । उनीहरु रियोग्राण्डे डो सुल राज्यको एक शहरबाट साओ पाउलो राज्यतर्फ गइरहेका थिए ।
ब्राजिलको सेरा गोचा पहाडमा अवस्थित ग्रामाडो शहर पर्यटकहरुबीच लोकप्रिय छ । उक्त शहर चिसो मौसम, लामो पैदलयात्रा र पारम्परिक वास्तकुलाका लागि प्रसिद्ध रहेकाे मानिन्छ । क्रिसमसको बिदामा त्यस शहरमा पर्यटकहरुको निकै भिड लाग्ने गर्दछ । त्याे शहरलाई जर्मन र इतालवी प्रवासीहरुले बसालेको बताइन्छ ।ब्राजिलमा आइतबार मात्रै बस दुर्घटना हुँदा ४१ जनाको मृत्यु भएको थियो ।