२०८१ सालको एसईई को लागी आवेदन फारम खुल्याे
काठमाडौं । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को लागी आवेदन फारम खुलेको छ ।
कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयले फारम भर्न एक महिनाको समय दिएको छ ।पुस १२ देखि माघ १२ गते भित्र सम्म फारम भरिसक्न कार्यालले सुचना दिएकाे छ । फारमका लागि प्रति परीक्षार्थी ५ सय दस्तुर लाग्ने छ ।त्यसैगरी रजिस्ट्रेसनको अर्धकट्टीको प्रतिलिपि, शैक्षिकसत्र २०७९ वा सो भन्दा पहिले आधारभूत तह कक्षा उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र हालसाल खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो फारम भर्न चाहिने कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१ १२:४६
प्रतिक्रिया दिनुहोस्