काठमाडौं । नेपालको आधिकारिक संस्था नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब माध्यमिक विद्यालयको संयुक्त आयोजनामा युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ को नवौं संस्करण शुक्रबारदेखि काठमाडौमा सुरु भएको छ ।
युनिग्लोब माध्यमिक विद्यालय कमलादीमा भइरहेको सम्मेलनमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत देशभरीका युवा वैज्ञानिक र अनुसन्धानकर्ताहरुले विभिन्न पाँच विधामा आफ्ना अनुसन्धान परियोजना प्रस्तुत गर्नेछन् ।जसमा जीव विज्ञान, रासायनिक र पर्यावरण विज्ञान, भौतिक विज्ञान, गणित, इन्जिनियरिङ्ग र रोबोटिक्स, कम्प्यूटर विज्ञान र कृत्रिम बौद्घिकता, स्वदेशी ज्ञान र स्थानीय प्रविधि जस्ता विषय समावेश रहेका छन् ।परियोजनाको चयन गर्दा नवीन बैज्ञानिक प्रविधि र प्रयोगलाई आधार बनाइने जनाइएको छ । प्रत्येक विधामा उत्कृष्ट परियोजनालाई ‘युवा वैज्ञानिक’उपाधिले सम्मानित गरिनुको साथै सिङ्गापुरमा आयोजना हुने १४औं एशिया प्यासिफिक कन्फेरेन्समा सहभागिता जनाउनका लागि आवेदन दिन योग्य मानिने युनिग्लोब माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश रेग्मीले बताए ।
उनले विद्यार्थीहरुको आइडियाहरुलाई साटासाट गर्नको लागि यस्तो कार्यक्रम हरेक वर्ष आयोजना गरिँदै आएको बताए । उनले कार्यक्रमले विभिन्न विधाहरुमा विद्यार्थीहरुले आफ्नो आडियाहरुलाई प्रतिस्पर्धाको रुपबाट प्रस्तुत गर्ने बताए ।उनले भने, ‘विद्यार्थीहरुको आइडियाहरुलाई साटासाट गर्नको लागि कार्यक्रम हरेक वर्ष आयोजना गरिँदै आएको छ । यस्तो कार्यक्रम विभिन्न विधाहरुमा विद्यार्थीहरुले आफ्नो आडियाहरुलाई प्रतिस्पर्धाको रुपबाट प्रस्तुत गर्नेछन् । कक्षा ८ देखि १२ सम्म अध्ययनरत देशभरीका युवा वैज्ञानिक र अनुसन्धानकर्ताहरुले विभिन्न पाँच विधामा आफ्ना अनुसन्धान परियोजना प्रस्तुत गर्नेछन् । जसमा जीव विज्ञान, रसायनिक र पर्यावरण विज्ञान, भौतिक विज्ञान, गणित, इन्जिनियरिङ्ग र रोबोटिक्स, कम्प्यूटर विज्ञान र कृत्रिम बौद्घिकता, स्वदेशी ज्ञान र स्थानीय प्रविधि जस्ता विषय समावेश रहेका छन् । परियोजनाको चयन गर्दा नवीन बैज्ञानिक प्रविधि र प्रयोगलाई आधार बनाइने छ । प्रत्येक विधामा उत्कृष्ट परियोजनालाई ‘युवा वैज्ञानिक’उपाधिले सम्मानित गरिनुको साथै सिङ्गापुरमा आयोजना हुने १४औं एशिया प्यासिफिक कन्फेरेन्समा सहभागिता जनाउन पाउनेछन् ।’सम्मेलनमा लगभग ४३ वटा विद्यालयको सहभागिता रहेको संयोजक जयराम घिमिरेले बताए ।
घिमिरेका अनुसार यस सम्मेलनमा दुईवटा अन्तर्राष्ट्रिय विद्यालको समेत सहभागिता रहेको छ । सिंगापुर र इन्डिया स्कुलले समेत अनलाइनबाट सहभागिता जनाएको छ ।उनले भने, ‘सम्मेलनमा लगभग ४२ देखि ४३ वटा विद्यालयको सहभागिता छ । यसमा दुईवटा अन्तर्राष्ट्रिय विद्यालको समेत सहभागिता छ । तर उनीहरुलाई प्रतिस्पर्धाको रुपमा राखेका छैनौं । सिंगापुर र इन्डिया स्कुलले समेत अनलाइन भर्जनमा सहभागिता जनाएका छन् ।’यसैगरी उक्त सम्मेलनमा काठमाडौं र काठमाडौं बाहिर गरेर लगभग तीनसय विदयार्थीको सहभागिता रहेको समेत घिमिरेले बताए । उनले पाँच प्रदेशका स्कुलहरुको सहभागिता रहेकोमा जसमा कर्णाली र मधेस प्रदेशको स्कुलहरुको सहभागिता नरहेको बताए । प्रतिस्पर्धामा हरेक सहभागीले पाँच मिनेटको मैखिक प्रस्तुतीकरण, पोस्टर प्रस्तुतीकरणका साथै आफ्नो प्रोजेक्टको संक्षिप्त एक मिनेटको भिडियो प्रस्तुत गर्नुपर्नेछ । प्रतिष्ठित नेपाली वैज्ञानिकहरूको मूल्याकंन समितिले प्रस्तावना, भिडियो क्लिप, पोस्टर र मौखिक प्रस्तुतीहरूको नवीनता र मौलिकताका आधारमा विजेता चयन गर्नेछ ।
प्रत्येक विधाका विजेतालाई युवा वैज्ञानिकको उपाधि, प्रमाणपत्र, पदक र नगद ५० हजार रुपैयाँसमेत प्रदान गर्नेछ । त्यस्तै, विजेताहरूलाई एसिया प्यासिफिक कन्फरेन्स अफ योङ्ग साइन्टिस्ट्स २०२५ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने अवसर प्रदान गरिनेछ ।यसबाहेक छानिएका युवा वैज्ञानिकहरुले नेपाल पोलिमर इन्स्टिच्युटको राष्ट्रिय अनुसन्धान समितिको सहयोग र बैज्ञानिक मार्गदर्शनमा बैज्ञानिक समुदायमा आफ्नो क्षमताविस्तार गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुसन्धान र नेटवर्किङमा पहुँच प्राप्त गर्न सक्नेछन ।