Ekhab4r
बेलायती राजदूत रब फेनले मनाए २२ औं वैवाहिक वर्षगाँठ जनकपुरधामको जानकी मन्दिरमा

काठमाडौं । नेपालका लागि बेलायती राजदूत रब फेनले आफ्नो २२ औं वैवाहिक वर्षगाँठ जनकपुरधामको जानकी मन्दिरमा मनाएका छन् । आफ्नो श्रीमति जुलिया फेनसंग धनुषाका विभिन्न क्षेत्र घुम्न आएका फेनले शनिबार आफ्नो वैवाहिक वर्षगाँठ जानकी मन्दिर परिषरमै मनाएका हुन् । गत वर्ष काम विशेषले जनकपुरधाम आएको बेला उनले यहाँको संस्कृति र ईतिहासले आफू निकै नै प्रभावित भएको भन्दै आफ्नो वर्षगाँठ मिथिलाशैलिमा यहिँ आएर मनाउने सोचेको बताए । 

उनले राम र सिताको प्रेमको चर्चा गर्दै यहाँ आएर फेरि आफ्नो श्रीमतिसंग विवाह गरेको जस्तै अनुभुति भएको बताए । उनले जनकपुरधाम विवाहको लागि उपयुक्त डेस्टिनेसन भएको धारणा राखे । उनले सम्पूर्ण बेलायतवासीलाई एक पटक जनकपुरधाम आउन आग्रह समेत गरे ।यता जानकी मन्दिरका उतराधिकारी महन्थ राम रोशन दास वैषणवले राजदुत फेनलाई मिथिलाशैलीमा वैवाहिक परमपरा अनुसारका पहिरण लगाईदिनुका साथै मन्त्र पाठ गरि पुनः विवाह गराएका थिए । उनले जानकी मन्दिरको ईतिहास स्मरण गर्दै प्रेमको पहिचान रहेको जानकी मन्दिर र जनकपुरधामलाई विवाह डेस्टिनेसनको रुपमा विकास गर्न सरकारसंग आग्रह गरे । राजदुत फेनको वैवाहिक वर्षगाँठ कार्यक्रममा प्रदेशका सभामुख रामचन्द्र मण्डल, संस्कृति मन्त्री रानी शर्मा तिवारी, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहलगायका विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update