सओल, दक्षिण कोरिया । आईतबार अर्थात् आज विहान करिव ९ बजेर ७ मिनेटमा दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान दुर्घटना भएको छ ।
बैंककबाट आएको जेजु एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर तारबारमा ठोक्किएपछि दुर्घटना भएको हो । दुर्घटनामा यो समाचार तयार गर्ने समयसम्म ६४ जनाको मृत्यु भएको प्रहरी तथा अग्निनियन्त्रकहरूले बताएका छन् । विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना सवार थिए । जहाजमा आगलागी भएसंगै ठुलो क्षति भएको छ ।
विमानमा लागेको आगो नियन्त्रण भएको छ भने उद्दारका कार्यहरु अझै जारी रहेको छ र हालसम्म दुईजनाको उद्दार गरिएको छ ।बैंककबाट फर्कदै गरेको बोइङ ७३७-८०० विमानमा सवार मध्ये दुई जना थाई नागरिक बाहेक अधिकांश कोरियन नागरिक थिए ।
सियोलबाट करिब २ सय ८८ किलोमिटर दक्षिणपश्चिममा मुआन अन्तर्राष्ट्रिय विमानस्थल अवस्थित छ ।