काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेपालमा राज संस्थाको आंैचित्य र महत्वलाई गलत भाष्य तयार गरेर बदनाम गर्न खोजिएको आरोप लगाएका छन् ।
राप्रपा नेपालले आयोजना गरेको श्री ५ वीरेन्द्र बहुआयामिक व्यक्तित्व विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले षडयन्त्रपूर्वक गलत भाष्य तयार गरेर नेपालमा राज संस्थालाई पाखा लगाइएको बताएका हुन् ।उनले भने, ‘नेपालमा राजसंस्थाको औंचित्य र महत्वलाई गलत भाष्य तयार गरेर बदनाम गर्न खोजिएको छ । षडयन्त्रपूर्वक गलत भाष्य तयार गरेर नेपालमा राजसंस्थालाई पाखा लगाइयो । बाह्य शक्तिको चलखेल र प्रभाव तिव्र रुपले बढेर गएको छ ।’ साथै उनले राजसंस्थालाई पाखा लगाएदेखि देश संकटै संकटमा अगाडि बढिरहेको बताए । उनले देशले आर्थिक संकट, बेरोजगारी र भ्रष्टाचारमा देश डुबिरहेको बताए ।