Ekhab4r
सडक विभागले गरेको सुधारमा ,महानगरले प्रशंसा पायो : मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललेअहिले नेपाल निर्माणको चरणमा लागी परेको  बताएका छन् । सोमबार भएको सडक बोर्डको २२ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले यस्तो कुरा बताएका हुन् । 

‘अन्य मुलुकको तुलनामा अहिले हामी निर्माणको चरणमा छौँ । नेपालमा २०१३ सालमा कान्ति राजमार्गले काठमाडौँ र बाहिरका जिल्लालाई जोडेको थियो । त्यसअघि गाडी बोकेर ल्याइन्थ्यो । अहिले देशभरमा ६० लाख सवारी र एक लाख किलोमिटर सडक पुगेको छ,’ उनले भने, ‘तर विकास भन्ने बित्तिकै सडक आउँदो रहेछ । सडकलाई नै विकास देख्ने  गरिन्छ ।’सडकले सुविधा त पुगेको तर मर्मतका लागि उत्तिकै चुनौती थपिएको समेत उनले बताए । मन्त्रालयको कुल विनियोजित बजेटको ८० प्रतिशत सडक मर्मतका लागि छुट्याउने गरेको तर त्यसले पर्याप्त नभएको बताए । 

‘तर जनतालाई खुसी पार्न ठुलो विकास चाहिँदैन । सडकका खाल्डाखुल्डी पर्दा मात्रै खुसी हुने रहेछन्’ मन्त्री दाहाल भन्छन् ।  उनले काठमाडौँका सडक जति खाल्डाखुल्डीरहित छन् ती सडक विभागले सुधार गरेको समेत दाबी गरे । उनले भने, ‘महानगरले दुई चारवटा गमला राखेर प्रशंसा पायो। त्यसैले महानगर क्षेत्रमा सडक विभाग अन्तर्गतको सडकमा सवि लेख्न बाध्य भयौँ ।’

 

 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update