Ekhab4r
प्रतिनिधिसभाका नवनियुक्त सचिव राईले लिए सपथ

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनियताको सपथ लिएका छन् । 

मंगलबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षमा सभामुख देवराज घिमिरेसमक्ष सचिव राईले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।सपथ ग्रहण कार्यक्रममा उपसभामुख इन्दिरा राना, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय लगायतको उपस्थिति थियो ।सभामुखको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार झापाको शिवसताक्षी नगरपालिका–२ निवासी राईलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका थिए । 
 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update