Ekhab4r
सिंहदरबार दक्षिणी गेटमा धर्नामा रहेका फणिन्द्र नेपाल प्रकाउ

काठमाडौं । ग्रेटर नेपाल अभियान चलाइरहेका फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिंहदरबार दक्षिणी गेटमा धर्ना बस्ने क्रममा सोमबार उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।नेपालले निषेधित क्षेत्र तोड्न लागेकोले नियन्त्रणमा लिइएको काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार वर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर उनले अभियान सञ्चालान गर्दै आइरहेका छन् ।नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू सोमबार १२ बजेदेखि ४  बजेसम्म सिंहरदरबारको दक्षिणी ढोकामा धर्नामा बस्ने जानकारी गराएका थिए ।

 

 

 

 

उनले फेसबुकमा लेखेका छन्, ‘लिपुलेकको नेपाली सार्वभौमसत्तामाथि इन्डियाली ज्यादती देखेर पनि केही नभएजस्तो गर्ने  र चीन र इन्डियाले लिपुलेक प्रयोग गर्ने सहमति गर्दा त्यो चीन र इन्डियाबीचको प्राविधिक कुरा हो भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने सरकारको विरोध नगर्ने हो भने सरकार झन्-झन् मौन रहनेछ, इन्डियाको दास बन्दै जानेछ र नेपाली भूमिको रक्षा गर्न थप असमर्थ हुनेछ । त्यसैले सरकारलाई राष्ट्रियताका पक्षमा बोल्न बाध्य पार्न पनि नागरिक तहबाट सरकारको विरोध नगरी हुँदैन । यही प्रयोजनका निम्ति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा आज मध्यान्ह १२:०० बजेदेखि ४:०० बजेसम्म सिंहदरबारको दक्षिणी ढोकामा धर्नामा बस्दै छ ।’

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update