Ekhab4r
चार महिनापछि मधेश प्रदेश सभा बैठक बस्दै

काठमाडौं । करिब चार महिनापछि मंगलबार (आज) मधेश प्रदेश सभाको बैठक बस्न लागेको छ । बैठक दिउँसो १ बजे बस्ने सचिवालयले जनाएको छ ।

आजबाट प्रदेश सभाको चौथो अधिवेशन शुरु हुन लागेको हो । प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक गत भदौ २९ गते बसेको थियो ।आज बस्ने बैठकमा प्राकृतिक श्रोत र धान समितिको प्रतिवेदन पेश गरिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । साथै विभिन्न दलका नेताहरूले शुभकामना दिने कार्यसूचीमा उल्लेख रहेको छ ।लामो समयदेखि प्रदेश सभा बैठक नबसेपछि जनता समाजवादी पार्टी नेपाललगायत अन्द पार्टीहरुले अहिलेको प्रदेश सरकार असफल भएको र कुनै काम गर्न नसेको भन्दै विरोध जनाउँदै आएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update