Ekhab4r
बाक्लो हुस्सुका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी । बाक्लो हुस्सुका कारण  पूर्व–पश्चिम राममार्गअन्तर्गत बुटवल–नारायणगढ सडक अवरुद्ध भएको छ । 

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानी खोलाको सडक चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।'बाटो चिप्लो भएकाले सवारीसाधन चलेका छैनन् । हिजोदेखि नै पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा बाक्लो हुस्सु लागेको छ '। आज विहान २ बजेदेखि बाटो दुईतर्फी अवरुद्ध भएको उनले बताए  । बाटो खुलाउन निरन्तर प्रयास भइरहेको सूचना अधिकारी रेशम बोहरले बताए । 

 

 

 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update