Ekhab4r
पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु : रवि लामिछाने

पाेखरा । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूलाई आफ्ना कुरा राख्न समय दिइएको छ ।

सो क्रममा आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पीडितको बचत फिर्ता ल्याउन पहल गर्ने बताएका छन् । उनले भने–'पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु,। बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस् । गृहमन्त्री हुँदा पनि शक्ति दुरुपयोग गरिनँ । अब पनि दुरुपयोग गर्ने अवस्था छैन ।''अदालतमा हाजिर हुन आउँदा हरेक पल्ट रिपोर्ट लिएर आउँछु । नेपालमा भएका राजनीतिक दलमध्ये हाम्रो पार्टी रास्वपा जिम्मेवार पार्टी हो ।

हाम्रो पार्टीको ५५ पेजको प्रतिवेदनलाई संसदीय छानबिन समितिले पनि अङ्ग बनाएको छ', उनले भनेका छन् । यो मुद्दाको आजै आदेश आउने सम्भावना रहेकोले  सुरक्षा व्यवस्था निकै कडा गरिएको छ । प्रहरीबाहेक सडकमा अन्य मानिसहरू देखिएका छैनन् । 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update