Ekhab4r
रवि लामिछाने सोमबार थुनछेक बहसका लागि हाजिर हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम पूर्वगृहमन्त्री रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकालीको हिरासतमा राखिने भएको छ ।  आइतबार काठमाडौं जिल्ला अदालतमा भएको बयान सकिएसँगै थुनछेक बहस सुरु हुनुअघि प्रहरी हिरासतमा राख्न अदालतले आदेश दिएको हो । उनलाई सोमबार १० बजे अदालतमा हासिर हुन भनिएको छ ।

 स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति लामिछाने आइतबार विहान आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।बयान सकिएपछि अदालतले न्यायिक हिरासतमा राख्न भनेको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो । आइतबार थुनछेक बहस नभएका कारण लामिछानेलाई जिल्ला प्रहरी परिसरको हिरासतमा पठाइएको हो । पोखराबाट धरौटीमा रिहा भएका लामिछाने आइतबार हिरासतमा गएका हुन् । आइतबार विहान आफैं अदालनमा आएको र थुनछेक बहसका लागि परिवार र निजी वकिलहरुको जिम्मा लगाउन लामिछानेले माग गरेका थिए । तर न्यायाधीशले प्रहरीको जिम्मा लगाउन आदेश दिएका हुन् । उनी सोमबार थुनछेक बहसका लागि अदालतमा हाजिर हुनेछन् । 
 

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update