Ekhab4r
स्थानिय सरकार भनेको जनताको सरकार हो - उपप्रमुख डंगोल

काठमाडौं ।  काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानिय सरकार भनेको जनताको सरकार भएको बताएकी छिन् ।सोमबार फास्टफुड एसोसियसन नेपालको आठौं राष्ट्रिय अधिवेशनको समुद्घाटन समारोहमा बोल्दै उनले सबै भन्दा बढी आम नागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानिय सरकार भएको बताएकी हुन् ।

उनले भनिन्, ‘आम नागरिकले धेरै राम्रोसँग व्यवसाय गरिरहनु भएको छ, तर हामी सबैले सचेत हुन जरुरी छ, सरकारले सधैं ट्याक्स मात्र हामीलाई तिराउँछ , जरिवाना हामीलाई मात्र लगाउछ, कानूनमा मात्र बसाल्छ हामीलाई भन्ने लाग्न सक्छ । तर स्थानिय सरकार भनेको  जनताको सरकार हो । नजिकको सरकार हो, सबैभन्दा बढी आम नागरिकलाई समुदायलाई चिनेको बुझेको सरकार हो  भनेर आभाष  गराउनु पनि महत्वपूर्ण छ । त्यसकारणले पनि काठमाडौं  महानगरपालिकाले फास्टफुडकै कम्पनिहरुसँग आवद्ध रहेका सबैलाई तालिम समेत दिएका थियौं ।’यसैगरी उनले महानगर जनताको राम्रो काम गर्न सधैं तत्पर रहेको बताइन् । उनले राम्रो व्यवसाय गर्नेहरुलाई महानगरले प्रोत्साहन समेत गर्ने बताइन् ।
 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update