Ekhab4r
सिलौटो रेस्टुरेन्टको खाजामा साङ्ला, तीन लाख रुपैंयाँ जरिवाना

काठमाडौं । काठमाडौं अनामनगरस्थित सिलौटो रेस्टुरेन्टको खाजामा साङ्ला भेटिएपछि वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन लाख रुपैंयाँ जरिवाना तिराएको छ । 
सोमबार ट्रक व्यवसायी महासंघकाले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रमको खाजामा साङ्ला भेटिएको थियो ।  खाजामा साङ्ला भेटिएपछि वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले सिलौटो रेस्टुरेन्टलाई तीन लाख रुपैंयाँ जरिवाना तिराइएको विभागका सूचना अधिकारी डिक बहादुर कार्कीले  जानकारी दिए ।  ‘सोमबार दिउँसो भएको एक कार्यक्रममा वितरण गरिएको खाजामा किरा भेटिएको उजुरी आएको थियो । हाम्रो अनुगमन टोली किरा भेटिएको पुष्टि गरेपछि तीन लाख रुपैंयाँ जरिवाना गराएका छौं,’ कार्कीले भने ।  साङ्ला वा अन्य किरा फेला परेको हो भन्ने विषयमा रेष्टुरेन्टका संचालकलाई सम्पर्क गर्दा उनी यसबारे बोल्न चाहेनन् । 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update