Ekhab4r
शुक्रबार ल्याउने तयारी भएको मौद्रिक नीति रोकियाे

काठमाडौं । आज शुक्रबार ल्याउने तयारी भएको मौद्रिक नीति रोकिएको छ ।  सञ्चालक समितिमा मौद्रिक नीतिबारे छलफल गर्ने समय कम भएकाले तत्काललाई रोकिएको स्रोतले जनाएको छ ।यसअघि आज बिहान राष्ट्र बैंक सञ्चालक समिति बसेर नीति पारित गर्ने तयारी थियो ।

‘यसबारे सञ्चालक समितिमा छलफल गर्न थप केही समय चाहिने भयो, त्यसकारण शुक्रबार सार्वजनिक हुने सम्भावना टर्‍यो’ स्रोतले भन्यो ।प्रधानमन्त्री केपीशर्मा ओलीको आर्थिक सल्लाहकारमा डा। युवराज खतिवडा आइसकेपछि उनले मौद्रिक नीतिबारे परामर्श गर्न खोजेपछि रोकिएको अर्को स्रोत बताउँछ ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update