काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले दिगो विकासका २०३० सम्मका लक्ष्यहरु महत्वपूर्ण रहेको बताएका छन् । बुधबार विकास आर्थिक मामिला समितिको बैठकमा बोल्दै उनले दिगो विकासका लक्ष्यहरु महत्वपूर्ण भए पनि लक्ष्य अनुरुप काम गर्ने सबै निकायको सहभागिता कति भन्ने प्रश्न महत्वपूर्ण भएको बताएका हुन्।
उनले भने, ‘दिगो विकासको निम्ती समबन्धित निकायलाई ल्याउनका लागि हामी बढि नै तल्लिन छौँ । हामीले समग्र विषयलाई हेर्दा दिगो विकासको २०३० सम्मका हाम्रा लक्ष्यहरु कुराहरु जुन महत्वपूर्ण नै छन् । लक्ष्य राख्नु एउटा कुरा हो, हामी यो पूरा गर्छौं भन्ने प्रतिवद्धता जाहेर गर्ने अर्को कुरा हो, तर त्यो अनुरुप त्यो लक्ष्य प्राप्ती गर्ने संवद्ध सबै निकायहरुको तदारुकता र त्यो भित्रको एकतो कति भन्ने प्रश्न मुख्य कुरा हो ।’ साथै उनले लक्ष्य प्राप्ती गर्दा बनाइने योजनाहरु राम्रोसँग हेर्नुपर्ने बताए । उनले एउटै योजना दुईतीन मन्त्रालयबाट परिरहेको अवस्था भएकाले हेरफेर गर्नुपर्ने बताए।