कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दै
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दैछ ।
बिहीबार बिहान ८ः०० बजे देउवा निवास बुढानिलकण्ठमा सभापति शेरबहादुर देउवाको आब्हानमा संसदीय दलको कार्यसमिति र पार्टीबाट केपी ओली सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूको संयुक्त बैठक बस्न लागेको हो ।ओली सरकारमा प्रतिनिधित्व गर्ने १२ जना मन्त्री÷राज्य मन्त्रीको उपस्थिति रहनेछ भने दलका कार्यसमितिमा रहेका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मासहित राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशिला थिङ सहभागी हुने सो बैठकमा दलबाट सरकारमा प्रतिनिधित्व गरेका पार्टीका मन्त्रीको पनि ब्रिफिङ सुन्ने तयारी छ ।
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१ १०:१३
प्रतिक्रिया दिनुहोस्