काठमाडाैँ। शिक्षासँग खेलकुद जोड्ने उद्देश्यसहित नयाँ खेलाडीहरूको पहिचानका लागि चितवनमा शुक्रबारदेखि सुरु भएको ‘पीएफसी इमर्जिङ कप–२०८१’ को उद्घाटन खेल भरतपुरको नारयाणी माध्यामिक विद्यालयले जितेको छ ।सैनिक आवासीय माध्यमिक विद्यालयलाई १–० ले पराजित गर्दै नारायणी माध्यमिक विद्यालयले विजयी सुरुवात गरेको हो । नारायणीको जितमा सन्दीप गुरुङले गोल गरेका थिए । उनै गुरुङ खेलको म्यान अफ द म्याच पनि बने ।शनिबार ११ बजे पहिलो खेल नारायणी इङ्गलिस पब्लिक स्कुल र बाल्मिकी शिक्षा सदनबीच हुनेछ भने दोस्रो खेल १ बजे अरुणेदय माध्यामिक विद्यालय र ओर्बिट स्कुलबीच हुने क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाले जानकारी दिए ।
पटिहानी फुटबल क्लबको आयोजनामा सुरु भएको यो प्रतियोगितामा चितवनका १६ विद्यालयहरू सहभागी छन् । खेल भरतपुर–१४ को सुन्दर बस्ती खेलमैदानमा माघ १२ गते सम्म हुनेछ । खेलको उद्घाटन गर्दै भरतपुर महानगरपालिका वडा नं. १४ का वडाअध्यक्ष राजेन्द्र सााखीले स्कुलदेखि नै नयाँ खेलाडीहरूको पहिचान गर्न प्रतियोगिता सफल बनेको भन्दै प्रशंसा गरेका थिए । शिक्षासँग खेलकुद जोड्न विद्यालयबीचको यस घिका संस्करणहरू निकै उपलब्धिमूलक पाएको उनले बताए । प्रतियोगिताको विजेताले १० हजार नगदसहित ३० हजार रुपैयाँबराबरको खेलकुद सामग्री पाउने छन् ।यस्तै उपविजेताले १० हजार नगदसहित १५ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री ट्रफी, मेडल र प्रमाणपत्र पाउने क्लबका सचिव सुमन पौडेलले जानकारी दिए । अनुशासित टिमलाई ५ हजारबराबरको खेलकुद सामग्रीसहित सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई फुटबल सुजसहित प्रमाण पत्र र पुरस्कारको व्यवस्था गरिएको छ । पटिहानी फुटबल क्लबले स्थापनादेखि नै नयाँ खेलाडी उत्पादनका लागि तालिमसँगै विभिन्न गतिविधि गर्दै आएको छ । यसअघि क्लबले शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरेर खेल र शिक्षालाई जोडेको थियो ।प्रतियोगिताको प्रवद्र्धकका रूपमा भरतपुर महानगरपालिका वडा नम्बर १४ र २२ रहेका छन् ।