Ekhab4r
बङ्गलादेशमा  समस्यामा परेका विद्यार्थीलाई अनलाइनमार्फत आवेदन दिन  आह्वान

काठमाडौँ । बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक एवं आफन्तहरूले अनलाइनमार्फत आवेदन दिन सक्ने भएका छ्न । 

परराष्ट्ट्र मन्त्रालयले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि  अनलाईन निवेदन दिन सकिने व्यवस्था मिलाएको शनिबार जानकारी गराएको छ ।  निवेदन नेपालबाट सम्बन्धित परिवारका सदस्यहरूले समेत दिन सक्नेछन् । मन्त्रालयले  आवश्यक विवरण भरी Form Submit गरी  प्रत्यक्ष सम्पर्क गर्नका निमित्त  परराष्ट्र मन्त्रालय, काठमाडौं शाखाका अधिकृत महेश्वरमणि त्रिपाठी, बंगलादेशस्थित नेपाली राजदूतावासका द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्रीलाई सम्पर्क गर्न भनेको छ ।  

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update