एक हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढेर १ लाख ५८ हजार १ सय रुपैयाँ तोकिएकोे छ ।अघिल्लो दिन सोमबार प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १८६० रुपैयाँ रहेको चाँदी आज १८७५ रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१ ११:२८
प्रतिक्रिया दिनुहोस्