Ekhab4r
एटीएम चोरीको क्रममा एकजना पक्राउ 

काठमाडौं । एनआइसी एसिया बैंकको थापा गाँउस्थित एटीएममा गएराती चोरीको प्रयास भएको छ । 

मंगलबार राती करिब ११ बजे एटीएम फुटाएर चोरीको प्रयास गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी वित्त नयाँ बानेश्वरले जनाएको छ ।वित्तका अनुसार, ‘थापा गाँउस्थित रहेको एनआइसी एसिया बैंकको एटीएम फुटाएर चोरीको प्रयास भएको थियो तर समयमा जानकारी पाएको हुनाले सफल हुन सकेन । उहाँलाई हामीले नियन्त्रणमा लिएका छौँ ।’
 

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update