एकैदिनमा १९ सय रुपैयाँले बढ्यो सुनको भाउ
काठमाडौं - बुधबार एकैदिन सुनको भाउ तोलामा १९ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ६० हजार रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।त्यस्तै चाँदी २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८७५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १८९५ रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१ ११:५९
प्रतिक्रिया दिनुहोस्