कोरम नपुगेपछि स्थगित भयो राज्य व्यवस्था समितिको बैठक
काठमाडाैँ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । बुधबार बस्ने भनिएको बैठकमा कोरम नपुग्ने र सामान्य प्रशासन मन्त्री पनि काठमाडौंबाहिर भएकाले स्थगित गरिएको हो । समितिका सदस्यहरूलाई बैठक स्थगित भएकोबारे एसएमएसबाट सूचना पठाइएको थियो।
बैठक अब बिहीबार बिहान साढे ११ बजे बस्नेछ। संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धा व्यवस्था गर्न बनेको विधेयक २०८० माथि दफावार छलफल गर्ने बैठकको कार्यसूची छ।
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१ १२:४४
प्रतिक्रिया दिनुहोस्