Ekhab4r
भारत र चिनको असर नेपालमा समेत देखा पर्छ : सभापति देउवा

काठमाडौं ।  नेपाली  कांग्रेसका सभापति शेरबहादुर देउवाले हाम्रो देश भारत र चिनको  बीचमा रहेकाले नेपालमा समेत धेरै कुरामा असर पर्ने गरेको बताएका छन्।

बुधबार नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठी कार्यक्रममा बोल्दै उनले एमसीसी पास गर्ने बेलामा धेरै विरोध भए पनि अहिले आएर सबैले त्यो  साच्चिकै नै  राम्रो  छ भन्ने लागेको बताए ।उनले भने, ‘हाम्रो देश भारत र चिनको बीचमा छ । यी दुई देशमा परेको असर हाम्रो देशमा नि पर्छ । तर अहिले चाँही एमसीसी पास गर्ने बेलामा र प्रतिनिभिसभाबाट पारित गर्ने क्रममा धेरै विरोधहरु भएँ । तर अहिले  आएर सबैले  साच्चिकै  राम्रो  रहेछ यो  एमसीसी भनेर बुझेका छन् ।’यसैगरी उक्त कार्यक्रममा बोल्दै पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले राज्यले  देशलाई विकासमा परिवर्तन गर्न इच्छा शक्ति बढि राख्नुपर्ने बताएका छन् । उनले उत्तर  दक्षिण मित्र राष्ट्रहरुसँगको समउन्नतिसँग लाभान्वित हुनुपर्ने  र विकास निर्माणमा भैइरहेको ढिलाई बारे गहन रुपमा छलफल गर्नुपर्ने बताए ।

उनले भने, ‘हामीले आफूले गरेको परियोजनाहरु बाहेक यस्तो  छलफलहरुमा खुलेरै छलफल गर्दा हामीले धेरै सम्झिनुपर्ने कुरा छ । उत्तरी मित्र राष्ट्र कुनै  कम्पनिले निर्माण गरिरहेको बुटवलदेखी भौरहवाको र बुटवलदेखी नारायणघाट सडकको खुलेर छलफल गनुपर्छ । तर पूर्वाधारहरु सहयोगको सन्र्दभमा लिँदै गर्दा त्यसले निश्चित समयावधि हेर्न आवश्यक छ । अहिले पनि ग्वार्कोको  फ्लाई ओभर हामीलाई गिज्जयाई रहेको अवस्था छ , त्यसैले राज्यले  यो बेला विकास निर्माणका कुरामा इच्छा शक्ति राख्नुपर्छ । उत्तर  दक्षिण मित्र राष्ट्रहरुसँगको समोन्नतिसँग लाभान्वित हुनु छ । र विकास निर्माणका ढिलाईका कुराहरुमा पनि हाम्रा कमजोरी र मित्र राष्ट्रहरुका कमजोरीहरु पनि गहन रुपमा छलफल गरेर जानुपर्ने छ ।’
 

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update