काठमाडाैँ । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले अब बन्ने शेर बहादुर देउवा नेतृत्वको सरकारले मल कारखाना स्थापना गर्ने बताएका छन् । बाराको कलैयामा बिहीबार प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस विषयमा आफूलाई पनि चिन्ता रहेको उल्लेख गरे । मल पनि दुई-तीन प्रकारको भएको भन्दै उनले रसायनिक वा आर्गानिक मलको उद्योग स्थापना गर्ने विषयमा पटक पटक बहस भएको तर स्थापना नहुँदा आफु पनि चिन्तित भएको बताए । अब बन्ने कांग्रेस नेतृत्वको सरकारले ध्यान दिने उनले जिकिर गरे।
पूर्वउप–प्रधानमन्त्री तथा गृहमन्त्री एवमं नेपाली काँग्रेसका पूर्वकेन्द्रिय, उप–सभापति समेत रहेका निधिले निजगढ काठमान्डौ दुर्तमार्ग (फास्टट्यक) र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एक अर्कामा परिपुरक रहेकाले दुबै बन्नु पर्नेमा जोड दिए ।अन्तर्राष्ट्रिय मापदण्डको नियम अनुसार नै दुबै बनेको उनले दाबी गरेका छन । उनले मधेश प्रदेश कृषि उत्पादनका लागि उवरभूमी भएकाले यहाँका किसानको समस्या बुझेर सामधान गरि उत्पादनमा वृद्धि गर्नुपर्ने आवश्यकता रहेको औल्याए ।