काठमाडौँ । देवघाट महामहोत्सवमा १० दिनसम्म कथावाचन गरेकी चर्चित कथावाचिका देवी प्रतिभाको विदाई गरिएको छ ।
देवघाट महामहोत्सवमा एक कार्यक्रमका बिचमा उनलाई विदाई गरिएको हो । कार्यक्रममा उनले आफ्नो १० दिनको कथावाचन पूरा गरी भक्तजनहरूसँग विदा लिएकी हुन् ।महोत्सवभरी उनले भागवत महापूराणको भावपूर्ण व्याख्या गर्दै हजारौं भक्तजनको मन जितेकी थिइन् । विदाई समारोहका क्रममा विश्वकै कान्छी कथावाचिका अनुराधा पाण्डेयलाई विशेष रूपमा कथा मंचमा स्वागत गरिएको छ ।६ वर्षको उमेरदेखि कथा वाचनमार्फत आफ्नो विशिष्ट पहिचान बनाउन सफल पाण्डेयले हिन्दू धर्मको प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान पुर्याउँदै अनेकौं स्थानमा कथा वाचन गरिसकेकी छिन्।सानै उमेरदेखि धार्मिक ग्रन्थहरूको गहिरो ज्ञान राख्ने अनुराधा पाण्डेयले संस्कृत, हिन्दी र नेपाली भाषामा कथा प्रस्तुत गर्नसक्ने अद्वितीय क्षमता प्रदर्शन गर्दै स्रोताहरूलाई मन्त्रमुग्ध पार्न सफल भएकी छिन्।उनका कथा वाचनहरूले धार्मिक आस्था र आध्यात्मिक चेतनालाई थप प्रगाढ बनाउँदै लाखौं भक्तजनलाई भक्तिको रसमा प्रभावित गराउने गर्छिन् । अनुराधा पाण्डेयको कथा वाचन देवघाट महामहोत्सवका प्रमुख आकर्षण मानिएको छ ।
माघ १० गते दिउँसो ३ बजेबाट सुरु भएको उनका प्रवचन सात दिनसम्म चल्नेछन्। आयोजकका अनुसार कथा वाचनका लागि तयार पारिएको विशेष पण्डालमा हजारौं भक्तजनको उपस्थिति रहने अपेक्षा गरिएको छ ।६ वर्षकै उमेरमा धार्मिक कथा वाचन सुरु गरेकी पाण्डेयको यात्रा अद्वितीय छ। विभिन्न धार्मिक महोत्सव र कार्यक्रमहरूमा कथा वाचन गर्दै उनले धर्म, संस्कृति र परम्पराको संवद्र्धनमा विशेष योगदान पुर्याएकी छिन्।उनकी विशिष्टता भनेको सानै उमेरमा तीन भाषामा धाराप्रवाह कथा वाचन गर्ने क्षमता हो। उनले केवल कथा सुन्ने मात्र होइन, धार्मिक र आध्यात्मिक चेतनाको गहिराइमा प्रवेश गराउने अद्वितीय शैली प्रस्तुत गर्छिन्।आयोजकहरूले यो कथा वाचनले समाजमा धार्मिक ज्ञानको विस्तार गर्ने र भक्ति मार्गप्रति सबैको आस्था बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।