Ekhab4r
१०.४१ अंक घट्यो नेप्से , ९ अर्ब नाघ्यो कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजारको परिसूचक नेप्से १०.४१ अंक घटेको छ ।

आजको गिरावटपछि नेप्से २६४३ अंकमा कायम भएको छ । बजारको परिसूचक घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ९ अर्ब १२ करोडको भयो ।११६ कम्पनीको मूल्य बढ्दा १२१ को घट्यो भने ६ को स्थिर रह्यो । फाइनान्स सेक्टर सबैभन्दा धेरै ४.७४ प्रतिशत घट्यो । विकास बैंक ०.५९, हाइड्रोपावर ०.५४, माइक्रोफाइनान्स ०.७५ र अन्य ०.०३ प्रतिशत बढे । बैंकिङ ०.८९, होटल तथा पर्यटन ०.२७, लगानी ०.५०, जीवन बीमा ०.६१, उत्पादन १.६६, निर्जीवन बीमा ०.६७ तथा व्यापार समूह ०.७५ प्रतिशत घटे ।उपकार लघुवित्त र माथिल्लो मैलुङखोला जलविद्युत्को मूल्य १० प्रतिशत बढ्यो ।

कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८८, आरम्भ चौतारी लघुवित्तको ९.६८, सिक्लेस हाइड्रोपावरको ८.६ प्रतिशत बढ्यो ।चार कम्पनीको मूल्य १० प्रतिशत घटेको छ । बोटलर्स नेपाल बालाजु, दोल्ती पावर, जानाकी फाइनान्स र धौलागिरि लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । नेपाल हाइड्रो डेभलपरको ८.६०, नेपाल फाइनान्सको ८.२१, समृद्धि फाइनान्सको ७.९३ प्रतिशत मूल्य घट्यो ।कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, सिन्धु विकास बैंक र सीएचडीसी क्रमशः अगाडि रहे ।

 

 

 

 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update