Ekhab4r
सोमबार १०.६१ अंक घट्यो नेप्से ,  कारोबार पनि घट्यो

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १०.६१ अंक घटेको छ ।

सो अंक घटेसँगै नेप्से २६३३ अंकमा कायम भएको छ । बजारको परिसूचकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब १२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९२ करोडको भयो ।१०६ कम्पनीको मूल्य बढ्दा १२८ को घट्यो भने ९ को स्थिर रह्यो । अघिल्लो दिनसम्म उच्च दरले घटेको फाइनान्समा यस दिन आकर्षण देखिएको छ । अघिल्लो दिन फाइनान्स सेक्टर ४.७६ प्रतिशत घटेकोमा आज सोमबार ३.४६ प्रतिशत बढेको छ ।विगत लामो समयदेखि फाइनान्स कम्पनीहरूको मूल्य घटेका कारण यतिबेला सस्तो मूल्यमा आउँदा खरिद पक्ष बलियो देखिएको हो ।फाइनान्सका अलवा विकास बैंक ०.७२, हाइड्रोपावर ०.३५, उत्पादन ०.६७, माइक्रोफाइनान्स ०.०४ प्रतिशत बढे ।

व्यापार १.८३, अन्य १.६६, निर्जीवन बीमा ०.६७, जीवन बीमा १.१०, लगानी ०.७७, होटल तथा पर्यटन ०.५१ तथा बैंकिङ ०.५५ प्रतिशत घटे ।न्यादी हाइड्रोपावर, जानाकी फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै बोटलर्स नेपाल बालाजुको मूल्य ८.२ प्रतिशत बढ्यो।सप्तकोशी विकास बैंकको ८.४, उपकार लघुवित्तको ६.५, धौलागिरि लघुवित्तको ५.८, नेपाल हाइड्रो डेभलपर्सको ५.४ तथा स्वाभिमान लघुवित्तको मूल्य ४.३ प्रतिशत घट्यो ।कारोबार रकमका आधारमा सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर, माउन्टेन इनर्जी र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।

 

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update