Ekhab4r
मंगलबार  सेयर बजारका सबै सूचकहरू बढे , काराेबार पनि उच्च

काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचकहरू बढेका छन् ।

परिसूचक नेप्से २४.५० अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६५७ मा कायम भएको छ ।कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ८ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४० करोडको भयो । १७७ कम्पनीको मूल्य बढ्दा ६० को घट्यो भने ६ को स्थिर रह्यो ।यस दिन विकास बैंक सेक्टर सबैभन्दा धेरै ४.०७ प्रतिशत बढेको छ । बैंकिङ ०.२२, फाइनान्स १.८८, होटल तथा पर्यटन ०.६८, हाइड्रोपावर १.४९, लगानी १, जीवन बीमा ०.०८, उत्पादन १.२३, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.२८, अन्य १.७४ र व्यापार ०.२४ प्रतिशत बढे ।

 

 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update