Ekhab4r
समाजवादी मोर्चाले चैत्र २४ गते काठमाडौंमा जनप्रदर्शन सहितको सभा गर्ने 

काठमाडौं । समाजवादी मोर्चाले चैत्र २४ गते देशमा देखिएका वर्तमान समस्याहरुको विरुद्धमा जनप्रदर्शन सहितको सभा गर्ने निर्णय गरेको छ । 

बुधबार आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले उक्त निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका हुन् । उनले भने, ‘देशमा जुन देखिएका समस्याहरु छन् । यसको विरुद्धमा एउटा ठूलो जनप्रदर्शन गरौं जनप्रदर्शन सहितको काठमाडौंमा सभा गरौं भन्ने सम्म आइपुगेका छौं । चैत्र २४ गते जुन ऐतिहासिक दिन छ । त्यो दिनमा काठमाडौंमा भव्य र शान्दार रुपमा सम्पन्न गरौं भन्नेमा पुगेको छौं ।’ यस्तै, चैत्रको पहिलो हप्ता १ देखि ५ गतेभित्र मधेसमा एउटा जनसभा गर्ने पनि निर्णय गरेको उनले जानकारी दिए । त्यस्तै, उनले समाजवादी मोर्चाको विचार नीति र उद्देश्यलाई आम जनतासम्म पुर्याउन समाजवादी मोर्चा प्रकाशन गर्ने पनि निर्णय भएको जानकारी दिए । 
 

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update