बागमतीमा नयाँ सरकार गठन आह्वान
काठमाडौ - बागमतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन आह्वान गरेका छन् । उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार मिलिजुली सरकार गठनको आह्वान गरेका हुन् । आइतबार नै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख शर्मालाई राजीनामा बुझाएका थिए ।
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१ १८:३६
प्रतिक्रिया दिनुहोस्