Ekhab4r
काठमाडौंको न्यूनतम तापक्रम घट्यो 

काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम शुक्रबार घटेको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको छ ।बिहीबार न्यूनतम तापक्रम ८ डिग्री सेल्सिय मापन भएको थियो । बिहीबार काठमाडौंको अधिकतम तापक्रम २० डिग्री सेल्सियस मापन  भएको थियो ।  शुक्रबार पनि सोही हाराहारीमा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी तीन दिनसम्म कुनै प्रणाली विकसित नहुने देखिएकाले काठमाडौंको तापक्रम विस्तारै उकालो  लाग्न सक्ने छ ।एक साताअघि शुक्रबार  काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन भएको थियो ।त्यसपछि शनिबार ५.४, आइतबार १८.१, सोमबार ६.१ , मंगलबार ६.३, बुधबार ८.५ र बिहीबार ८ डिग्री सेल्सियस मापन भएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update