Ekhab4r
नागरिकता विधेयकमा ३६ संशोधन प्रस्ताव

काठमाडौं । नागरिकता ऐन संशोधन विधेयकमा ३६ वटा संशोधन प्रस्ताव परेको छ । ७२ घण्टाको संसोधन प्रस्ताव राख्ने समयभित्र सांसदहरूका ३६ वटा संशोधन परेका हुन् ।

सरकारले ल्याएको विधेयकमाथि गत आइतबार प्रतिनिधिसभामा सामान्य छलफल भएको थियो ।सोमबार प्रतिनिधिसभाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको थियो । योसँगै सांसदहरूले ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न समय पाएका थिए । निर्धारित समयभित्र ३६ वटा संशोधन परेको हो ।

 

 

 

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update