Ekhab4r
ताप्लेजुङमा नो केवलकार समूह र प्रहरीबीच झडप, १२ जना घाइते

 काठमाडौं । ताप्लेजुङमा नो केवलरकार समूह र प्रहरीबीच झडप भएको छ । झडपमा परी १२ जना घाइते भएका छन् । घाइते हुनेहरुमा नेपाल प्रहरीका ६ सुरक्षाकर्मी, सशस्त्र प्रहरीका ५ र प्रदर्शनकारी १ गरी १२ जना रहेको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले बताइन् ।

सुरुमा माइकिङ गर्दै पानीको फोहोरा हानीको उनको भनाइ छ । प्रदर्शन उग्र भएपछि सुरक्षाकर्मीहरुले अश्रु ग्यास र लाठी चार्ज गरेका थिए । ५ राउण्डभन्दा बढी अश्रु ग्यास प्रहार भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update