Ekhab4r
खानेपानीमन्त्री यादव भारततर्फ, महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर हुने

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव आज शनिबार छिमेकी मुलुक भारतको औँपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् । भारतको राजधानी नयाँ दिल्ली स्थित जलशक्ति मन्त्रालयमा खानेपानी, सरसफाई तथा स्वच्छता (वास) क्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल सरकारकातर्फबाट सहभागी हुन मन्त्री यादव आज भारत प्रस्थान गरेको खानेपानी मन्त्रालयका सहसचिव ई.मिना श्रेष्ठले जानकारी दिइन् । 

उनले भनिन्, ‘यही फागुन १९ गते सोमबार हस्ताक्षर गरिने समझदारीपत्र कार्यक्रममा सहभागि हुन मन्त्री यादव आज २ बजे भारत प्रस्थान गर्नु भएको हो । उक्त समझदारीपत्रमा नेपाल सरकारकातर्फबाट मन्त्री यादव र भारत सरकारकातर्फबाट जलशक्तिमन्त्री सिआर पाटीलले हस्ताक्षर गर्नु हुनेछ ।’भारत र नेपाल सरकारबीच खानेपानी, सरसफाई र फोहोर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न समझौता पत्रमा हस्ताक्षर हुने जनाइएको छ । खानेपानीको  स्रोतको विकास, स्वच्छ पानीको पहुँच, सरसफाई प्रवद्र्धन, फोहोर व्यवस्थापन र नेपाल सरकारको प्रयासलाई सशक्त बनाउने उक्त सम्झौताको लक्ष्य रहेको सहसचिव ई.श्रेष्ठले बताइन् । 

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update