Ekhab4r
भारतको वायनाड पहिरोमा परि मृत्यु हुनेको संख्या १४३ पुग्यो

काठमाडौं ।  भारतको केरला राज्यको वायनाड मंगलबारको पहिरोमा परि मृत्यु हुनेको संख्या १४३ पुगेको छ ।

पहिरोमा परि घाइते भएका १२८ जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।लगाातारको मनसुनी वर्षापछि मंगलबार राति पटक पटक गएको पहिरोका कारण वायनाड जिल्लाका विभिन्न क्षेत्रमा ठुलो धनजनको क्षति भएको छ ।

पहिरो प्रभावित क्षेत्रमा अहिले पनि भारी वर्षा भइरहेका कारण उद्धार तथा राहत प्रभावित भएको छ ।त्यसैगरी, अविरल वर्षाका कारण आएको पहिराले पुल बगाएपछि सेनाले अस्थायी पुल प्रयोग गरी एक हजारभन्दा बढीको उद्धार गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update