Ekhab4r
सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड

काठमाडौं । साताको दोस्रो कारोवार दिन नेपाली बजारमा (आज) सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

आइतबार प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज ३ सय रूपैयाँले बढेर १ लाख ५० हजार रूपैयाँमा कारोवार भइरहेको छ ।  यसैगरी,आज चाँदीको मूल्य भने  स्थिर रहेको छ । 

आइतबार तोलामा १ हजार ७ सय ८५ रूपैयाँमा कारोवार भएको चाँदी आज पनि  सोही  मूल्यमा कारोवार भइरहेको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update