Ekhab4r
भारतीय कुस्ती खेलाडी विनेश फोगात तौल बढी भएर ओलम्पिक फाइनल खेल्न नपाउने

काठमाडौं । पेरिसमा जारी ग्रीष्मकालिन ओलम्पिक २०२४ मा भारतीय कुस्ती खेलाडी विनेश फोगात ५० केजी तौलको प्रतिस्पर्धामा बढी तौल भएपछि फाइनल खेल्न नपाउने भएकी छिन् ।मंगलबार ५० केजी फ्रिस्टाइलतर्फ विश्वकी नम्बर वान् तथा २०२० ओलम्पिककी च्याम्पियन यु सुसाकीलाई प्री क्वाटरफाइनल, क्वाटरफाइनलमा युक्रेनकी ओक्सना लिभाच र सेमिफाइनलमा क्युबाकी गुज्मानलाई हराउँदै फाइनलमा पुगेकी थिइन् ।

तर आज राती १२: ४५ मा फाइनल खेल्नुअघि तौल मापन गर्दा ५० केजी भन्दा बढी भएको हो । भारतीय मिडियाका अनुसार फोगातको तौल बढी हुँदा रातभर नसुती बसेकी थिइन् । आज अन्तिम पटक तौल गर्दा एक सय ग्राम भन्दा बढी भएको हुँदा अयोग्य घोषित भएकी हुन् ।उनी अयोग्य भएपछि अमेरिकाकी साराह हिल्डेब्रान्ड्ट खेल्दै नखेली स्वर्ण जित्नेछिन् । उनले ओलम्पिकमा हिंसा लिुन अघि भारतमा यौन उत्पिडनको विरुद्ध आन्दोलन गरेकी थिइन् ।

गतवर्ष भारतीय कुस्ती महासंघका अध्यक्ष बृजभूषण शरण सिंहले यौन उत्पीडन गरेको आरोप भारतीय खेलकुद जीवनमा चलेको थियो । त्यसैको कारण फोगातसहित केही कुस्ती खेलाडीहरु उनीविरुद्ध निरन्तर आफ्नो विरोध गरेका थिए ।भारतका दुई चर्चित अवार्ड खेल रत्न र अर्जुन पुरस्कार दिल्लीको फुटफाटमा छोड्दै पुलिसलाई प्रधानमन्त्रीलाई दिन आग्रह गरेकी थिइन् ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update