डलर र युरोको मूल्य घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र युरोको विदेशी विनिमय दर घटेको छ भने बेलायती पाउण्डको विनिमय दर बढेको छ । यसदिन अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा पुगेको छ ।त्यस्तै, युरो एकको खरिद दर १४६ रुपैयाँ ३४ पैसा र बिक्री दर १४६ रुपैयाँ ९९ पैसा रहेको छ ।त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ८४ पैसा र बिक्री दर १७१ रुपैयाँ ६१ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१ १२:४०
प्रतिक्रिया दिनुहोस्